काठमाडौं । नेपाली महिला फुटबल टिमले आगामी कात्तिक ७ गते इरान र ९ गते भारतसाग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।
विश्वकप, ओलम्पिक र एसियन कप छनोटमा पाएको असफलताले महिला फुटबलले लामो तयारी गर्नुपर्ने देखाएको छ । फिफा बिन्डोमा महिला टिम मैत्रीपूर्ण खेलमा सहभागी बन्दा युवा खेलाडीको परीक्षण, नयाँ रणनीतिको अभ्यास, अट्याकिङमा आधारित खेल र टिम भावनाको विकास मुख्य लक्ष्य रहेका छन् ।
महिला फुटबल टिम यतिबेला भारत र इरानसागको खेलको लागि अन्तिम तयारीमा छ । भारत, नेपालको नजिकको र निकट प्रतिद्वन्द्वी हो भने इरान पनि वरियतामा नेपालभन्दा अघि छ । एसियाली देशहरुमा भारत नेपालभन्दा चार स्थान र इरान तीन स्थान अघि छ ।
चाडपर्वका कारण लामो अभ्यास नभए पनि प्रशिक्षक नविन न्यौपाने अट्याकिङमा आधारित टिम बनाउने ध्यानमा छन् । उनले बलियो टिम तयार गर्ने र नयाा परीक्षण गर्ने जानकारी दिएका छन् । अहिले बन्द प्रशिक्षणमा ३० खेलाडी छन् भने ४ खेलाडीले विदेशमा लिग खेलिरहेका छन् ।
हिराकुमारी भुजेल र दीपा शाही चोटबाट पुनरागमन गर्ने योजनामा छन् । ११ महिनादेखि मैदानबाहिर रहेका यी खेलाडीलाई कमब्याक गर्न सजिलो थिएन । त्यसबीच नेपालमा धेरै फुटबल प्रतियोगिता भएका कारण आफ्नो स्थान पुनः प्राप्त गर्न उनीहरुलाई निकै जटिल छ ।
पछिल्ला केही वर्षयता महिला फुटबल टिमले खेल्ने मैत्रीपूर्ण खेल र तयारी बढेको छ । फिफा विश्वकप र एसियन कप छनोटमा असफल भएपछि आउादो प्रतियोगिताको तयारीका लागि महिला टिमले यी मैत्रीपूर्ण खेललाई महत्वका साथ लिएका छन् ।
एन्फाले सन् २०३१ को फिफा महिला विश्वकप खेल्ने लक्ष्य राखेको छ । कम तयारीकै कारण २०२७ मा विश्वकप मात्रै होइन २०२६ को एसियन कप पनि सम्भव भएन् । त्यसैले अन्तर्राष्ट्रिय एक्स्पोजरका साथमा घरेलु लिगको स्तर विकास गर्न सके नेपालले चाँडै विश्वकप खेल्ने विश्वास गर्न सकिन्छ ।