पूर्वसभामुख महराविरूद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बयान सुरू

आश्विन २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वसभामुख महराविरूद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बयान सुरू

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरूद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बयान सुरू भएको छ । 

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा बयान सुरू भएको हो । सरकारी वकिल कार्यालय काठमाडौं जिल्ला अदालतमा साेमबार अभियोग पत्र दर्ता गरेको थियो । मुद्दामा संगठित अपराधसँगै भन्सार ऐन र सुन तस्करीसम्बन्धी अभियोग लगाइएको छ । महराविरूद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैद सजाय माग दाबी गरिएको छ । बयान सकिएपछि थुनछेक बहस हुने छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । २०७९ साल पुस १० गते चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट भेपमा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पुरक अभियोगमा महरालाई प्रतिवादी कायम गरिएको छ । 

सो प्रकरणमा सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरालाई सुन तस्करीमा दोषी किटान गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.