हमासद्वारा विपीन जोशीसहित ४ जनाको शव इजरायललाई हस्तान्तरण

आश्विन २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
हमासद्वारा विपीन जोशीसहित ४ जनाको शव इजरायललाई हस्तान्तरण

काठमाडौं । प्यालेस्टिनी समूह हमासले नेपाली विद्यार्थी विपीन जोशीसहित ४ जनाको शव इजरायललाई हस्तान्तरण गरेको छ ।

बन्धक बनाइएको ७ सय ३८ दिनपछि विपिनसहित ४ जनाको मृत्यु भएको पुष्टि गर्दै हमासले अन्तर्राष्ट्रिय रेडक्रसको समन्वयमा इजरायली पक्षलाई शव हस्तान्तरण गरेको हो । 

शवको डीएनए परीक्षणपछि आवश्यक प्रक्रिया पुर्याएर परिवारलाई हस्तान्तरण गरिने नेपालस्थित इजरायली दूतावासले जनाएको छ । हमासको सैन्य शाखा अल-कसम ब्रिगेडले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.