बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

आश्विन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
Photo Source : Agency

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

“नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दुःखी छु । म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा छन्,” सामाजिक सञ्जाल एक्समा उहाँले लेख्नुभएको छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.