प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयुक्तहरूको छलफल

आश्विन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयुक्तहरूको छलफल

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका निर्वाचन आयुक्तहरूले छलफल गर्नुभएको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त डा. जानकीदेवी तुलाधर र सगुन शमशेर जबराले छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री कार्कीसँग आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका बारेमा छलफल भएको छ । निर्वाचनका लागि आवश्यक सामग्री, बजेट, मतपेटिकालगायतका बारेमा छलफल भएको छ । जेन-जी आन्दोलनबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पतन भएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीका कार्की नियुक्त हुनुभएको छ । 

अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.