विराटनगर । कोशी प्रदेश सरकारले सबैभन्दा बढी जनधनको क्षति भएको जिल्ला इलाममा राहत सामग्री पठाएको छ ।
पहिरोबाट विस्थापित परिवारका लागि अत्यावश्यक सामग्रीहरू तत्कालका लागि हेलिकप्टरमार्फत प्रदेश सरकारले पठाएको हो । जिल्लाको माङसेबुङ गाउँपालिका र इलाम नगरपालिकामा पहिलो चरणमा राहत सामग्री पठाएको हो ।
विस्थापित परिवारको तथ्यांक संकलन भइरहेकाले क्रमिक रूपमा राहत सामग्री पठाउने प्रदेश सरकारले जनाएको छ । यातायात अवरूद्ध हुँदा सबै ठाउँका प्रभावितहरूको तथ्यांक संकलन गर्न बिलम्व भइरहेको छ ।