राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

आश्विन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी छ ।

प्रधानमन्त्री कार्यालयमा जारी बैठकमा ९ एजेन्डामाथि छलफल भइरहेको छ । बाढी-पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरूद्ध सडक सञ्चालन गर्नेलगायतका एजेन्डा छन् । बैठकमा सडक तथा अत्यावश्यक सेवा सञ्चालन गर्ने, राहत वितरण गर्ने, मृतक र बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपलब्ध गराउने, विपद् पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने, अस्थायी आवास निर्माण गर्ने लगायतका एजेन्डामा छलफल तथा निर्णय गर्ने तयारी छ ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित संघीय मन्त्रीहरू सहभागि छन् । साथै सातै प्रदेशका मुख्यमन्त्रीलाई पनि बैठकमा बोलाइएको छ । यसैगरी विज्ञ सदस्यको रूपमा पूर्वमन्त्री गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि बैठकमा सहभागि छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.