काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै छ । मंगलबार बिहान ११ बजे प्रधानमन्त्री कार्यालयमा बस्न लागेको परिषदको बैठकमा ९ एजेण्डा माथी छलफल हुने भएको छ ।
बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका एजेण्डा रहेका छन् । बैठकमा सडक तथा अत्यावश्यक सेवा सुचारु गर्ने, राहत वितरण गर्ने, मृतक र बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपल्ब्ध गराउने, विपद पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने, अस्थायी आवास निर्माण गर्ने लगायतका एजेण्डामा छलफल तथा निर्णय गर्ने तयारी छ ।
बैठकमा प्रधानमन्त्रीसहित संघीय मन्त्रीहरु सहभागी हुने छन् । साथै सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि बोलाइएको छ ।यसैगरी विज्ञ सदस्यको रुपमा पूर्वमन्त्री गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि बैठकमा सहभागी हुनेछन् ।