विपद् व्यवस्थापनका निम्ति तयारी अवस्थामा रहन मन्त्री घिसिङकाे आग्रह

आश्विन १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपद् व्यवस्थापनका निम्ति तयारी अवस्थामा रहन मन्त्री घिसिङकाे आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङले सडक, सिँचाइ तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै निकायका कर्मचारीलाई विपद् व्यवस्थापनका निम्ति तयारी अवस्थामा रहन आग्रह दिनुभएको छ ।

आफूले नेतृत्व गरेका मन्त्रालय तथा मातहतका निकायका प्रमुखहरूसँग शनिबार भएको छलफलमा उहाँले सडक, सिँचाइ सञ्जाल र ‘हाइड्रोपावर’ का संरचनालाई बाढी पहिरोबाट जोगाउन तत्काल पहल गर्नुपर्नेमा जोड दिनुभएको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।

शनिबार साँझदेखि आइतबार बिहानसम्म देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले मन्त्री घिसिङले भौतिक पूर्वाधार संरक्षणका निम्ति बजेट अभाव देखाएर पन्छिन नहुने बताउनुभयो ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.