नगदेशमा ऐतिहासिक खाँ प्यावईगु जात्रा सम्पन्न

आश्विन १७, २०८२ |सुन्दर शिल्पकार
नगदेशमा ऐतिहासिक खाँ प्यावईगु जात्रा सम्पन्न

भत्तपुर । विजयादशमीको राती मध्यपुर थिमी स्थित नगदेशमा ऐतिहासिक खाँ प्यावईगु जात्रा अर्थात खड्ग जात्रा सम्पन्न भएको छ । नगदेश दरवारबाट मल्लकालिन युद्द कला कौसक झल्लिने गरि परम्परागत पोशाक लगाएका सेनाहरूले खड्ग हातमा समाएर यो जात्रा मनाउने गरिन्छ ।

खड्ग जात्रा मनाउन क्रममा जात्रालुहरू दरवारबाट निस्केर नगर परिक्रमा गर्ने गरिन्छ । नगदेशमा रहेको मल्लकालिन नगदेश लायकु दरवारबाट खाँ निकालिएको हो ।

यो जात्राको अन्त्यमा नगदेशस्थित सिद्धिगणेशको प्राङ्गणमा ‘भुईफसी’ अर्थात ‘कुभिण्डो’ मार हान्ने भएकाले यो जात्रालाई भुईफसी पालेगु जात्रा पनि भनिन्छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।