जेन-जी आन्दोलनमा घाइते भएका थप एक जनाको मृत्यु

आश्विन १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनमा घाइते भएका थप एक जनाको मृत्यु

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

ट्रमा सेन्टरमा उपचाररत नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ का ३६ वर्षीय लक्ष्मण राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जेन-जी आन्दोलनका क्रममा गत भदौ २३ गते टाउकोमा गोली लागेर राई घाइते भएका थिए । यससँगै जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.