काठमाडौं । जेन–जी आन्दोलनमा दमन गरेको आरोप लागेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाइएको छ ।
जेन–जी आन्दोलनमा भएको दमन र क्षतिबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय न्यायिक आयोगले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई विदेश भ्रमणमा रोक लगाएको हो ।
यस्तै उनीहरूलाई स्वीकृतीविना काठमाडौं उपत्यका पनि छाड्न पनि रोक लगाइएको छ । निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँचै जना अनुसन्धानको दायरामा रहेको भन्दै आयोगले विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो ।
राहदानी ऐनमा केही निश्चित कसुरमा व्यक्तिमाथि अनुसन्धान जारी भएमा पासपोर्ट रोक्का गर्न सकिने उल्लेख छ ।