प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतकाे भेट, नेपालको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता

भाद्र ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतकाे भेट, नेपालको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता

काठमाडौं । भारतले नेपालको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीसँग मंगलबार भएको शिष्टाचार भेटमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपालको पुनर्निर्माणमा सघाउने बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीलाई भेट्न राजदूत श्रीवास्तव सिंहदरबार पुग्नुभएको थियो । भेटका क्रममा उहाँले नेपालको विकास, पुनर्निर्माणमा भारतले सघाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.