सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति पुर्‍याउनु अपराध भएको गृहमन्त्रीकाे भनाइ

भाद्र ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति पुर्‍याउनु अपराध भएको गृहमन्त्रीकाे भनाइ

काठमाडौं । गृह एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति पुर्‍याउनु अपराध भएको बताउनुभएको छ ।

जेन-जी आन्दोलनका क्रममा आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री अर्यालले देशलाई नै नष्ट गर्ने काम कसैले गर्न नहुने बताउनुभएको हो । सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति गर्नु अपराध भएकाले आचरण र पद्धति सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री अर्यालले क्षतिग्रस्त कार्यालयको मूल्याङ्कनका लागि कार्यदल बनाउने जानकारी दिनुभयो । सोही कार्यदलको प्रतिवेदनका आधारमा बजेट छुट्याएर पुनर्निर्माण गरिने उहाँको भनाइ थियो । 

उहाँले राष्ट्रिय योजना आयोग, विपद् व्यवस्थापन प्राधिकरण र अर्थ मन्त्रालयसँग छलफल गरेर क्षतिग्रस्त सबै संरचना पुनर्निर्माण गरिने जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.