काठमाडौं । बडादसैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले साेमबारदेखि सहुलियत पसल सुरू गरेको छ ।
लिमिटेडले साेमबारदेखि सुरू गरेको सहुलियत पसलमा प्रतिकेजी रू पाँच, सात र १० छुट दिइएको सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो । दाल, चामल, चिनी, गहुँका सामग्रीमा प्रतिकेजी रू पाँच छुट गरिएको छ ।
यसैगरी तेल, चिउरा, आँटा, पीठो, मैदालगायत सामग्रीमा प्रतिलिटर र प्रतिकेजी रू सात छुट दिइएको छ । चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुलगायत सामग्रीमा प्रतिकेजी रू १० छुट गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।
सहुलियत पसल छठसम्म सञ्चालन हुने जनाइएको छ ।