गोरखा/ गोरखामा रात्रीबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौँबाट आरुघाटको सोतीतर्फ आउँदै गरेको रात्री बस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।
बा ०१—००६ ख ४१३१ नम्बरको बस मंगलबार बिहान ६ बजे भिमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन् । चालक र सहचालक सहित ४ जना गम्भीर घाइते रहेको आरुघाट आधारभुत अस्पतालले जनाएको छ ।
चालक जगबहादुर थापा मगर र सहचालक दुर्गाबहादुर खत्री सहित चार जनाको अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि रिफर गरिएको छ ।