कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

भाद्र १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएपछि उहाँको अनुपस्थितिमा सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा उहाँले गर्ने दैनिक प्रशासनिक कार्यका लागि सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.