काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्ने भारत र चीनको सम्झौताको विरोध गर्दै नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात भएको निष्कर्ष निकालेको छ ।
समाजवादी मोर्चाद्वारा शुक्रबार जारी विज्ञप्तिमा लिपुलेकलाई व्यापारिक नाका बनाउने भारत र चीनको सहमतिको विरोध गर्दै भारतले मिचेको भूमि फिर्ता ल्याउन आग्रह गरिएको छ ।
‘ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने पुष्टि गरेको तर ती क्षेत्रमा भारतीय पक्षको अतिक्रमण जारी रहेको उल्लेख छ ।