काभ्रे । काभ्रेको बनेपा नगरपालिका ३ को काशी भन्ज्याङको ४ सय रोपनी सार्वजनिक जमिनमा शुक्रबार १० हजार बोटबिरुवा रोपिएको छ।
परराष्ट्रमन्त्री आरजु राणासमेत सहभागि वृक्षारोपण कार्यक्रममा स्थानीयबासी र विद्यार्थीहरु सहभागि थिए । परराष्ट्रमन्त्री राणाले जलवायु परिवर्तनका असरलाई कम गर्न सरकारले हरेक वर्ष वृक्षारोपण गर्ने नीति अवलम्बन गरेको र त्यहीअनुसार यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।