बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत

श्रावण २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत

हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ । 

प्रदेश सभामा मत विभाजन हुँदा बनियाँको पक्षमा ६३ मत परेको हो । बानियाँको विपक्षमा २२ मत पर्‍यो भने सात जना प्रदश सभा सदस्य तटस्थ रहे । 

सभापति शेरबहादुर देउबा उपसभापति र महामन्त्रीले बहादुरसिंह लामा पक्षका तीन जनालाई मन्त्री बनाउने सरकार सञ्चालनमा सरसल्लाह गरेर अघि बढ्ने आश्वासन दिएपछि बानियाँको पक्षमा मतदान गरेको लामानिटक प्रदेश सभा सदस्य कुन्दन काफ्लेले बताउनुभएको छ । 

यसअघि निवर्तमान मुख्यमन्त्री लामा आफूपक्षीय १४ प्रदेश सभा सदस्यसहित सभापति देउबालाई भेट्न काठमाडौं आउनुभएको थियो । त्यसले गर्दा बानियाँले लिने विश्वासको मत लिने समय पर धकेलिएको थियो । १ सय १० सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५६ जना प्रदेश सांसदको समर्थन आवश्यक पर्छ ।

साउन २० गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँ आफ्नै पार्टीका नेता बहादुरसिंह लामालाई हटाएर मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । 

त्यही दिन सपथ लिनुभएका बानियाँले म‌ंगलबार विश्वासको मत लिनुभएको हो । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप जारी गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.