भैरहवा । भैरहवास्थित कारागारमा राष्ट्रिय मानव अधिकार आयोगको टोली कारगारको निरीक्षण गरेको छ।
साेमबार आयोगकी आयुक्त लिली थापा, आयोगका लुम्बिनी कार्यालय प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोलीले कारागार निरीक्षण गरेका हुन् ।
टोलीले कारागारमा रहेका रवि लामिछानेसँग समेत कुराकानी गरेकाे बताइएकाे छ। लामिछानेले अनुसारको विषयमा अदालतको आदेशलाई प्रशासनले बेवास्ता गरेको बताएका थिए ।
आयुक्त थापाले काराागारभित्र शौचालयको अवस्था नाजुक रहेको पाइएको बताउनुभयो । उहाँले लामिछाने रहेको कोठामा रेडियो भए पनि पत्रपत्रिकाको भने सुविधा नरहेकाे बताउनुभयाे।
लामिछाने रहेको कोठामा एसी जडान गरिएको विषय सार्वजनिक भए पनि अनुगमन टोलीले भने त्यस्तो नरहेको बताएको छ । आयुक्त थापाले लामिछानेलाई सय दिनसम्म बन्दी कक्षबाट बाहिर हिडडुल गर्न नदिएर मानवअधिकारको हनन् गरिएको प्रतिकृया दिनुभयो ।