ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण

श्रावण २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।

राष्ट्रिय सभाको सोमबारको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफमा बोल्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । 

उहाँले विदेशमा बसेका गोरखाका छोराछोरीले उतैको परिचयपत्र लिएपछि नेपालमा नागरिकता नपाउँदा सम्पती उपभोग गर्न पाउने अधिकार गुम्ने सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ सरकार सचेत रहन आवश्यक रहेको बताउनु भयो । उहाँले नागरिकताको दुरूपयोग बढ्नसक्नेतर्फ संकेत गर्दै वंशजको नागरिकतालाई लचिलो बनाउन नहुने बताउनु भयो ।

उहाँले लैङ्गिक समावेशीकरणको आधारमा नागरिकतासम्बन्धी विधेयक ल्याउनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित