पहिरोका कारण दिक्तेल-जयरामघाट सडक अवरुद्ध

श्रावण २६, २०८२ |उत्तम चौलागाईं
पहिरोका कारण दिक्तेल-जयरामघाट सडक अवरुद्ध

खोटाङ/ लगातारको वर्षातका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत जयरामघाट–हलेसी सडक अवरुद्ध भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार सडकमा सोमबार सडकभन्दा सय मिटर माथीबाट झरेको पहिरोले करिब दश मिटर सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण सदरमुकाम दिक्तेलबाट र काठमाडौं तथा पुर्वी शहरबाट आवत-जावतका सवारीसाधन र यात्रु अलपत्र बनेका छन् ।

सोही पहिरोले दाम्ली डिकुवा जाने भित्री कच्ची सडक खण्डमा २० मिटर सडक ढाकेको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन प्रहरी चौकी च्यास्मिटारबाट खटेको टोली सकृय छ । 


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।


सम्बन्धित