४२ घन्टापछि कैलाली कारागारको सुरक्षा नियन्त्रणमा आयो

सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय मानवअधिकार आयोगको टोलीद्वारा अनुमगन र अध्ययन सुरु
श्रावण २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
४२ घन्टापछि कैलाली कारागारको सुरक्षा नियन्त्रणमा आयो

कैलाली । हिंसात्मक झडपले अस्तव्यस्त बनेको कैलाली कारागार ४२ घन्टापछि सुरक्षा नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमको टोलीले आइतबार साँझदेखि अनुमगन र अध्ययन सुरु गरेको हो ।

कैदीबन्दीहरुबीच कुटपीट, घाइते तथा मृत्युको घटनाबाट अवस्था अनियन्त्रित भएपछि कुनै जानकारी लिन नसकेको र नियन्त्रण गर्न नसकेको प्रशासन ४२ घण्टापछि बन्दी गृहभित्र प्रवेश गरेको हो ।

अनुगमनबाट फर्केका राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक प्रकाशदत्त भट्टले बन्दीगृह भित्रका कैदीबन्दीको अवस्था सामान्य रहेको बताउनुभएको छ । कारागार प्रशासनले घटनाको तेस्रो दिन कैदीबन्दीहरुको 'हेड काउण्ट' समेत गरेका छन् । सामान्य अवस्थामा हरेक साँझ कारागार प्रशासनले कैदीबन्दीको गणना गर्नुपर्ने नियम छ । 

घटना भएको दिन कूल सात सय कैदीबन्दी रहेकोमा अहिले ३ सय ९८ जना 'ए' ब्लकमा, एक सय ९६ जना 'बी' ब्लकमा र महिला ब्लकमा ५७ जना रहेको पाइएको निर्देशक भट्टले जानकराी दिनुभयो । शुक्रबार रातिको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते उपचाररत छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित