संखुवासभा/ कोशी प्रदेश सरकारद्वारा २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ घोषणा गरिएसँगै ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको प्रवर्द्धन गर्ने उद्देश्यले खाँदबारीमा यो बर्ष जात्रा महोत्सव हुने भएको छ । पर्वको अवसरमा गाईजात्रा तथा हिलेजात्रा महोत्सव आयोजना गरिने भएको छ ।
जात्रा महोत्सवले नेवारी समुदायको सांस्कृतिक पहिचान बोकेको गाईजात्रा पर्व लाई मात्र नभई, स्थानीय उत्पादन, हस्तकला, मौलिक परिकार, संगीत, नाच, लोकसंस्कृति लगायत विविध पक्षको एकै थलोमा प्रस्तुति दिने लक्ष्य लिएको आयोजकको भनाई छ । महोत्सवमा खाँदबारी नगरपालिकाका विभिन्न टोल र वडाहरू, स्थानीय संघसंस्था, व्यवसायी, तथा विभिन्न जातजाति र भाषासांस्कृतिक समूहहरूको सहभागिता रहने छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सामग्रीहरूको प्रदर्शनी तथा बिक्री, नेपालभित्र र बाहिरबाट ख्याति कमाएका व्यापारी तथा कलाकारहरूको सांस्कृतिक प्रस्तुति हुनेछ ।
नेवारी बाजा, भजन, नाच, लगायतका परम्परागत प्रस्तुती गरिने आयोजकको भनाई छ ।