जिम्मेवारीमा रहेकाहरूले जिम्मेवारीपूर्वक भुमिका निर्वाह नगर्दा कुलिङ पिरियडमा छेडखानीः छानबिन समिति

श्रावण २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
जिम्मेवारीमा रहेकाहरूले जिम्मेवारीपूर्वक भुमिका निर्वाह नगर्दा कुलिङ पिरियडमा छेडखानीः छानबिन समिति

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले मिहिन रूमपा दफावार छलफल नगर्दा र परिमार्जन गरिएको प्रतिवेदन सभामा पेस गर्नुअघि सभाका सदस्यहरूले अन्तिममा हेर्ने र छलफल नगर्दा कुलिङ अफ पिरियडमा छेडखानी भएको निष्कर्ष निकालेको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा समितिको प्रतिवेदन बुझाउँदै समितिका संयोजक जीवन परियारले समितिको निष्कर्ष जानकारी गराउनुभएको हो । उहाँकाअनुसार मस्यौदा प्रतिवेदनसँग मूल विधेयक एकीकरण गरी मिलाउने प्रणाली नहुँदा यो समस्या आएको हो । 

विधेयक मस्यौदामा मिलाउने जिम्मेवारी भएको कार्यमा संलग्न पक्षहरूले आफ्नो दायित्व पूरा नगरेकाले कानूनी तादात्म्यता नमिलेको देखिएको बताउनु भयो । विधेयकको दफा ८२ को उपदफा ४ र ५ बीच तादाम्यता नभएको विषय गम्भीर त्रुटि भएको देखिएकाले परिभाषित जिम्मेवारीमा रहेकाहरूले जिम्मेवारीपूर्वक भुमिका निर्वाह गरेको निष्कर्ष समितिको छ । 

विधेयकको दफा ८२ को उपदफा ४ र ५ का बीच कानूनी तादाम्यता सम्बन्धमा गम्भीर त्रुटि देखिँदा सम्बन्धित पदाधिकारी वा व्यक्तिलाई के कस्तो कारबाही गर्नुपर्छ भन्ने सन्दर्भमा राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको कानूनी र पदीय जिम्मेवारी हुने हुँदा सोही बमोजिमको सुझाव एवं निष्कर्ष यस समितिको रहेको उहाँले बताउनु भयो ।

छानबिन समितिले आगामी दिनमा यस्ता त्रुटि हुन नदिन मूल विधेयक र समितिको प्रतिवेदन एकीकृत रूपमा मिलाएर हेर्ने र अध्ययन गर्ने अभ्यास प्रारम्भ गर्न सुझाव दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित