खोटाङका नगरप्रमुख भट्टराईको जीवनरक्षा गर्न आग्रह

श्रावण १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
खोटाङका नगरप्रमुख भट्टराईको जीवनरक्षा गर्न आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेले प्रेस विज्ञप्ति जारी गर्दै नगर प्रमुख भट्टराईको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्या समाधान गर्न र जीवनरक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको हो ।

जैविक विविधता र रैथाने संस्कृतिको संरक्षणका लागि आवश्यक नीति निर्माण गर्न पहलकदमी गर्नुपर्ने, बाँसको प्रवद्र्धन गर्नुपर्ने, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्नुपर्ने, गिट्टी क्रसर उद्योग मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने, खोटाङलाई बाँसको राजधानी घोषणा गर्नुपर्ने लगायत माग राखी यही साउन ११ गतेदेखि नगर प्रमुख भट्टराई माइतीघरमा अनशन बस्नुभएको । उहाँको स्वास्थ्यावस्था गम्भीर बन्दै गएकोप्रति आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले अनशनस्थल माइतीघर तथा वीरअस्पताल पुगी अनुमगन गर्नुका साथै अनशनरत भट्टराई, स्वास्थमन्त्री प्रदीप पौडेलका साथै वीर अस्पतालका चिकित्सक र प्रशासकहरुसँग जानकारी लिएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.