
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पितृ शोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुभएको छ ।
पिताको मृत्यु शोकमा रहनुभएका ओलीलाई भेट्न प्रधानमन्त्री कार्की गुण्डु पुग्नुभएको हो । प्रधानमन्त्री कार्कीले परिवारमा सम्वेदना प्रकट गर्नुभयो । साथै ओलीको स्वास्थ्य र परिवारको अवस्थाबारे जिज्ञासा राख्नुभयो । यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूले ओलीको निवास पुगेर शोक व्यक्त गरेका छन् ।