२०८१ को मदन पुरस्कारका लागि श्रेष्ठ सूची सार्वजनिक

श्रावण ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
२०८१ को मदन पुरस्कारका लागि श्रेष्ठ सूची सार्वजनिक

काठमाडौँ — २०८१ सालको मदन पुरस्कारका लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ ।

मदन पुरस्कार गुठीले मंगलबार सात पुस्तकको सूची सार्वजनिक गरेको हो । सूचीमा छुदेन काविमोको 'उरमाल', रमेश भुसालको 'छालबाटो', कुमारी लामाको 'दर्ज्यु संलाप', मनप्रसाद सुब्बाको 'पञ्चतत्त्वको पालाम', श्रेयज सुवेदीको 'बहुरुपी', सुधीर शर्माको 'भिक्षु, व्यापार र विद्रोह' र तीर्थ गुरुङको 'हिउँको गीत' परेका छन् ।

पुरस्कारका लागि २९९ पुस्तक प्राप्त भएको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा विज्ञप्तिमा उल्लेख छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.