मिडिया काउन्सिल विधेयकमाथिको दफावार छलफल गर्न संसदीय उपसमिति गठन

श्रावण ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मिडिया काउन्सिल विधेयकमाथिको दफावार छलफल गर्न संसदीय उपसमिति गठन

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयकमा दफावार छलफल गर्न संसदीय उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदबारमा बसेको समितिको बैठकले विधेयकाथि थप दफावार छलफल गर्न ७ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । दफावार छलफलमा आवश्यक संशोधनहरू मिलाउनको लागि तथा छलफल गरेर थप परिस्कृत गर्नको लागि उपसमिति गठन गरिएको समिति सभापति अम्मरबहादुर थापाले बताउनु भयो । दलीय आधारमा परामर्श समितिबाट समिति सदस्यको टुंगो लाग्ने उहाँको भनाइ छ ।

१५ कार्यदिनको अवधि रहने उपसमितिको संयोजक समेत परामर्श समितिले नै छान्ने उहाँले बताउनु भयो । त्यस्तै समितिले गत आर्थिक वर्षभित्र समितिले गरेका निर्णय तथा निर्देशनहरूको कार्यान्वयनको अवस्था र प्रगति विवरणबारे समितिलाई सात दिनभित्र बुझाउन समेत सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.