विराटनगर । विराटनगरसँगै जोडिएको हुलाकी राजमार्गको खण्ड ५ वर्षदेखि अधुरै रहँदा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।
विराटनगरको हाटखोलादेखि रामचोकसम्मको ६ किलोमिटर खण्ड निर्माण सम्पन्न नहुँदा स्थानीय सास्ती खेप्न बाध्य भएका हुन् । पाँच वर्ष बितिसक्दा पनि सडक निर्माण सम्पन्न नहुँदा धुलो र हिलोको सास्ती खेप्नु परेको छ। सडकमा परेको खाल्डाखुल्डीका कारण दैनिक दुर्घटना हुने गरेको छ ।
हुलाकी सडकको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । हाटखोलादेखि रामचोकसम्मको ६ किलोमिटरको ठेक्का २०७६ सालमा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले लिएको थियो ।
असारसम्ममा यो सडकको काम २२ प्रतिशत मात्रै भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ । ७७ करोड रूपैयाँमा ठेक्का लागेको यो सडकको निर्माणका लागि ठेकेदार कम्पनीलाई १६ करोड भुक्तानी भइसकेको छ ।
निर्माण कम्पनीले निर्माणमा आलटाल गर्दा पनि सम्बन्धित निकायको ध्यान नजाँदा स्थानीयले सास्ती व्योहोर्नुपरेको हो ।