धनगढीमा विद्युत सर्ट भई आगलागी हुँदा आठ वटा सटर जलेर नष्ट

श्रावण ५, २०८२ |टेकराज जोशी
धनगढीमा विद्युत सर्ट भई आगलागी हुँदा आठ वटा सटर जलेर नष्ट

कैलाली  । धनगढी उपमहानगरपालिका-४ मा गएराति विद्युत सर्ट भई आगलागी हुँदा आठ वटा सटर जलेर नष्ट भएका छन्। राति करिब १०: ५० बजे विश्वप्रकाश कँडेलद्वारा सञ्चालित हेलेन ट्रेड सप्लायर्स परिसरका चार, परिवर्तन इन्पेक्सका तीन र सेन्टर पोइन्ट रेस्टुरेन्टको एउटा सटर गरी आठ वटा सटरमा आगो लागेको थियो। 

उक्त आगलागी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाको कमाण्डमा खटीएको प्रहरी समूह र धनगढी उपमहानगरपालिकाका , गोदावरी नगरपालिकाको दमकल र स्थानीयवासीको सक्रियतामा करिब १२ बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

पसलभित्र रहेका सामानहरु पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्दाजी दश करोड जतिको क्षतिक भएको प्रारम्भीक अनुमान भएपनि यथार्थ विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।