गोरखाको चुम्चेतमा ढुंगा लागेर घाइते भएका लामाको थप उपचारका लागि काठमाडौं ल्याइयाे

असार २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
गोरखाको चुम्चेतमा ढुंगा लागेर घाइते भएका लामाको थप उपचारका लागि काठमाडौं ल्याइयाे

गोरखा । भिरबाट खसेको ढुंगा लागेर असार २३ गते घाइते हुनुभएका गोरखाको चुमनुब्री गाउँपालिका-६ चुम्चेतका ङुइटुप लामालाई बुधबार हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएकाे छ । 

छेकम्पार जान लाग्दा रेन्जोममा भिरबाट खसेको ढुंगा लागेर खुट्टा भाँचिएको थियो । उनलाई गाउँलेहरूले करिब पाँच घन्टा बोकेर घरमा ल्याएर राखेको थियो । गोरखा क्षेत्र नं १ का सासद राजेन्द्र बजगाईको पहलमा हेलिकप्टरबाट काठमाडौं ल्याइएको स्थानीयले जनाएको छ ।

यो गोरखाको सबैभन्दा दुर्गम गाउँपालिका हो । यातायतको पहुँच समेत छैन् । बिरामीले हेलिकप्टरको भर पर्नुपर्ने अवस्था छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.