‘कानूनले रोके पनि बाल श्रम र बाल विवाह व्यवहारमा अन्त्य हुन सकेन’

असार २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘कानूनले रोके पनि बाल श्रम र बाल विवाह व्यवहारमा अन्त्य हुन सकेन’

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कानूनले रोके पनि बाल श्रम र बाल विवाह व्यवहारमा अन्त्य हुन नसकेको बताउनुभएको छ ।

काठमाडौंमा बुधबार आयोजित बालअधिकार प्रतिवेदनसम्बन्धी कार्यक्रममा अध्यक्ष मगरले बालबालिकाको मानवअधिकार रक्षाका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोडदिनुभयो । 

अध्यक्ष मगरले मानवअधिकार आयोगले गरेका कतिपय सिफारिसहरू सरकारले कार्यान्वयन नगरेको पनि गुनासो गर्नुभयो । बालअधिकार र मानवअधिकारको सुनिश्चित गर्न आयोगले सरकारलाई बारम्बार सुझाव दिने गरेको बताउँदै अध्यक्ष मगरले नागरिक समाजले पनि सरकारमाथि दबाब बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, 'आयोगले गरेका कतिपय सिफारिसहरू सरकारबाट कार्यान्वयन नभएको अवस्था छ । नागरिक समाजले पनि पहल गरेपछि सरकारलाई पनि कार्यान्वयन गर्न दबाब पुग्छ । त्यो गर्नु पनि पर्छ ।'

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य सावित्रीकुमारी शर्माले बाल अधिकार संरक्षणका लागि सामुहिक प्रतिवद्धता चाहिने बताउनुभएको थियो । कार्यक्रममा बालअधिकारका क्षेत्रका कृयाशिल संघ/संस्थाहरूका प्रतिनिधिहरूले बालकेन्द्रीत मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनमा समेट्नुपर्ने सुझावहरू दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.