बाढीले बागलुङको १२ किलोवाट लघु जलविद्युत् आयोजना बगायाे

असार २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाढीले बागलुङको १२ किलोवाट लघु जलविद्युत् आयोजना बगायाे

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले बागलुङमा रहेकाे १२ किलोवाटको लघु जलविद्युत् आयोजना बगाएको छ । 

बागलुङको जैमिनी नगरपालिका-९ पैयुथन्थापस्थित कालुङखोलामा आएको बाढीले लघु जलविद्युत् आयोजना बगाएको हो ।

खोलामा आएको बाढीले कालुङखोला लघु जलविद्युत आयोजनाका साथै तीन वटा झोलुङ्गे पुल र एक वटा गोरूसमेत बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो । 

लघु जलविद्युत् बगाएपछि झन्डै एक सय घर परिवार अन्धकारमा बस्न बाध्य छन् । बाढिकै कारण १० घर जोखिमा परेका छन् । उनीहरूलाई अहिले सुरक्षित स्थानमा राखिएको प्रहरीले जानकारी दिएको छ । 

बाढीले स्थानीयको झन्डै पाँच सय भुरी उत्पादन हुने खेतसमेत बगाएको र क्षतिको पुर्ण विवरण आउन बाँकी रहेका प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.