पूर्वसूचनाका लागि चीनसँगको सहकार्य नबढाउने हो भने जतिबेला पनि दुर्घटना हुनसक्छः विपद् प्राधिकरण

असार २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वसूचनाका लागि चीनसँगको सहकार्य नबढाउने हो भने जतिबेला पनि दुर्घटना हुनसक्छः विपद् प्राधिकरण

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद् क्षति न्युनीकरणका लागि चीनसँग समन्वय बढाउनु जरूरी रहेको बताएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले चीनसँग सूचना आदानप्रदान नहुने हो भने नेपाल जतिबेला पनि दुर्घटनाको जोखिममा रहेको बताएको हो । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विपद्बाट लड्न चीनसँग स्थायी समन्वय जारी राखि रहनु जरूरी रहेको बताउनु भयो । 

उहाँले युएनडिआरआरको प्रपोजल बनाउने चरणमा आफूहरू रहेको उल्लेख गर्नुभयो । उहाँले पूर्वसूचना प्रणाली अहिले नेपालकोले मात्रै काम गरिरहेको र चीनसँग यसबारेमा सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालकै पूर्वसूचना प्रणालीले मात्रै नपुगेको भन्दै अझै विस्तार गर्न जरूरी देखिएको बताउनु भयो ।

उहाँले विपद्को कुरा यही हुन्छ भन्न नसकिने तर पूर्वसूचना जारी गरेर जनधनको क्षति कम हुनबाट रोक्ने प्रयासमा आफूहरू रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.