न्यायपालिका नै दलीय भागबण्डाको शिकार बन्यो, सबै संवैधानिक नियुक्ति खारेज गरौँः सांसद चौधरी

असार २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
न्यायपालिका नै दलीय भागबण्डाको शिकार बन्यो, सबै संवैधानिक नियुक्ति खारेज गरौँः सांसद चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणी चौधरीले देश विकास नहुनुको कारण भ्रष्टाचार मात्र नभई गलत राजनीतिक अभ्यास र भागबण्डा प्रणाली समेत भएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद चौधरीले बहुदलपछिको राजनीतिक अभ्यास र नीतिहरूको कारण देश नबनेको टिप्पणी गर्नुभएको हो । उहाँले संविधानले परिकल्पना गरेको स्वतन्त्र न्यायपालिका नै दलीय भागबण्डाको शिकार बनेको टिप्पणी गर्नुभयो । 

उहाँले न्यायपालिका, अख्तियार, र अन्य संवैधानिक अंगमा दलीय भागबण्डाका आधारमा हुने नियुक्तिहरूले देशमा सुशासन र प्रभावकारी प्रशासन सम्भव नहुने स्पष्ट पार्नुभयो । 

योग्यता, कार्यक्षमता र विषय विज्ञता भन्दा राजनीतिक भागबण्डा हावी भएको कारण संवैधानिक निकायहरूले प्रभावकारी रुपमा काम गर्न नसकेको उहाँको भनाइ छ ।

उहाँले सबै संवैधानिक नियुक्तिहरू संवैधानिक रूपमा खारेज नगरेसम्म मुलुकको विकास सम्भव नभएको जिकिर गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.