रसुवा बाढीः ३० जनाको हेलिकोप्टरमार्फत सफल उद्धार गरिएको गृहमन्त्रीको दाबी

असार २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
रसुवा बाढीः ३० जनाको हेलिकोप्टरमार्फत सफल उद्धार गरिएको गृहमन्त्रीको दाबी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका कार्यहरूलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । विपद्मा परेका नागरिकको उद्धार मात्र नभइ संकटमा परेको बेलापनि सरकार नागरिकसँगै छ भन्ने आशाको सञ्चार गराउन सफल भएको उहाँको दाबी छ । 

गृहमन्त्री लेखकले रसुवा बाढीमा फसेका ३० जनाको हेलिकोप्टरमार्फत सफलतापूर्वक उद्धार गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार नेपाल-चीन सीमा क्षेत्रबाट चार जना भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई समेत हेलिकोप्टरको सहायताबाट समयमै उद्धार गरिएको छ । 

त्यस्तै उहाँले रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका दुई जना प्रहरी र सात जना स्थानीयवासी गरी ९ जनाको स्थलगत उद्धार गरिएको छ । 

संयुक्त सुरक्षाकर्मीको टोलीले जोखिमपूर्ण स्थितिमा उद्धार कार्य सम्पन्न उहाँको भनाइ छ । गृहमन्त्री लेखकले रसुवागढी जलविद्युत आयोजनाको ड्याम साइडमा फसेका एक चिनियाँ नागरिक, १५ जना नेपाली पुरूष र दुई जना महिला गरी १८ जनाको स्थलगत उद्धार गरिएको पनि बताउनु भयो ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी गरी रसुवा बाढीपछिको उद्धारमा ६८२ जना सुरक्षाकर्मी खटिएको समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.