काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको दुरूपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताहरूले नैतिकताका कुरा नसिकाउन आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा बुधबार बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले अहिले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर प्रश्न उठाइएको भन्दै प्रधानमन्त्रीसँग जाने मानिसहरू सरकारले निर्णय गरेर लैजाने र नामहरू सार्वजनिक पनि हुने गरेको बताउनु भयो ।
उहाँले यस्ता न्युनतम जानकारी राख्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई आग्रह गर्नुभयो । को-को जानुभएको थियो र त्यसमध्येको फर्किएर आएन भनेर भनिदिए सरकारलाई सजिलो हुने उहाँले बतउनु भयो ।
कल्पनामा, अनुमानमा असत्यका पुलिन्दा बाँधेर कहीँ पनि नपुगिने उहाँको भनाइ छ । सहकारी ठगी प्रकरणमा अदालतको फैसलासँगै कारागारमा रहेका राष्ट्रिय सभाका सभापति रवि लामिछाने कुनै बेला भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर बसेको कुराकाे उहाँले स्मरण गराउनु भयो ।
नैतिकताको प्रश्न अरूबाट अपेक्षा गर्ने भन्दा आफूबाट लागू गर्न आग्रह उहाँले गर्नुभयो ।