काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले सरकार र संसदीय समितिलाई अक्षम बनाउने नियतले विद्यालय शिक्षा विधेयकमा सरोकारवालाहरुले चलखेल गरिरहेको आरोप लगाउनु भएको छ ।
सोमवार सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारसमेत स्वार्थ समूहको दबाबमा काम गरिरहेको आरोप लगाउनु भयो । विधेयकका सम्बन्धमा मस्यौदा अथवा प्रतिवेदनको पक्षमा उभिनुपर्ने सरकार स्वार्थ समूहसँग छलफल गरिरहेको सांसद भट्टराईको आरोप छ । यसरी संसदको गरिमा र मार्यादा बाँकी नरहने उहाँको भनाइ छ ।
बैठकमा बोल्ने अधिकांश सांसदहरुले सरोकारवालाहरुको दबाबमा ऐन निर्माण गर्ने कुराप्रति आपत्ति जनाएका छन् ।