रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

असार १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौं । प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले कात्तिक १७ मा उपनिर्वाचन गराउने निर्णय गरेको हो ।

निर्वाचन आयोगले आज रुपन्देही-३ मा उपनिर्वाचन गराउने निर्णय गरेको हो । २०७९ साल मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित हुनुभएको थियो । 

तर गत चैत १९ गते उहााको निधन भएपछि यो क्षेत्र रिक्त भएको थियो । मनाङको प्रदेशसभा ख को प्रदेशसभा सदस्य उपनिर्वाचनबारे भने टुंगो लागेको छैन । यो क्षेत्रबाट निर्वाचित राजीव गुरुङको पद अदालतले रिक्त गरिदिएको थियो । तर आयोगले यो क्षेत्रमा उपनिर्वाचन गराउने अझै टुंगो लगाएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.