काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ लाई गन्तव्य बनाएर अघि बढ्न निर्देशन दिनुभएको छ ।
सोमवार ललितपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रिय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले युवा संगठनलाई योजनावद्ध ढंगले मिसन ८४ मा लाग्न निर्देशन दिनुभएको हो । उहाँले संगठनको युवाको हक हित, रोजगारीका कुराहरुका साथसाथै मिसन ८४ लाई प्रमुख लक्ष्य बनाएर अघि बढ्नुपर्ने र कुनै पनि कुराबाट विचलित नहुन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै नवीनतम खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिलका लागि अग्रसर हुन आह्वान गर्नुभयो ।