सुनसरीका स्थानीय तहको बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

असार ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनसरीका स्थानीय तहको बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

सुनसरी । अघिल्ला आर्थिक बर्षमा भौतिक पूर्वाधारलाई जोड दिएका सुनसरीका स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले सोमबार प्रस्तुत गरेको ६० करोड ३६ लाख ५० हजारको बजेटमा शिक्षा, स्वास्थ्य कृषि र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ६ लाख ९५ हजारको बजेट सार्वजनिक गरेको बराहक्षेत्र नगरपालिकाले सीमान्तकृत समुदाय र महिलाको आर्थिक उत्थानलाई विशेष प्राथमिकता दिएको छ ।

सुनसरीको रामधुनी नगरपालिका र इनरुवा नगरपालिकाले पनि कृषि र पर्यटनलाई प्राथमिकता दिएका छन । औद्योगिक नगरको रुपमा परिचित दुहबी नगरपालिकाले औद्योगिक प्रदुषणलाई नियन्त्रण गर्नेगरी बजेट सार्वजनिक गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.