सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी र बाह्रबिसेले सार्वजनिक गरे बजेट

असार ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी र बाह्रबिसेले सार्वजनिक गरे बजेट

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब १६ करोड २८ लाख रुपैयाँको बजेट नगर सभामा पेश गरेको हो । बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ ।

त्यस्तै बाह्रबिसे नगरपालिकाले पनि ६० करोड ३३ लाख ८४ हजार ४८३ रुपियाँको बजेट नगर सभामा पेश गरेको छ ।

भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, स्वरोजगार, कृषि पशुपालन, पर्यटकीय प्रवर्धन, बाँझो जमीनमा एकीकृत खेती प्रणाली, दलित समुदायको ज्ञान सीपमा आधुनिकीकरणलगायत क्षेत्रमा दिगो विकासको अवधारणाका साथ काम गर्ने नीति लिइएको छ । नागरिकको आर्थिक हैसियत बढाउने, स्वरोजगार हुन सक्ने क्षेत्रमा बजेटले प्राथमिकता पाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.