काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूको सहभागिता छ ।
बैठक संक्रमणकालीन न्याय र समसामयिक राजनीतिमा केन्द्रित रहेको नेताहरूले बताएका छन् ।