काभ्रे। रोशी खोलामा फसेका ५ जनाको उद्धार गरिएको छ । हिजो राति करिब ९ बजे काभ्रे, नमोबुद्ध नगरपालिका(५ लासकोटस्थित रोशी खोलामा पानीको बहाव अचानक बढ्दा पाँच जना मानिस, एउटा जेसिबी र एउटा टिपर खोलाको बिचमा फसेको थियो ।
प्रहरी टोलीले पाँचै जनाको उद्दार गरेको हो ।उद्धार गरिएका व्यक्तिहरूलाई सामान्य स्वास्थ्य परीक्षणपछि सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको छ।