काभ्रे । जिल्लाको पुरानो र प्रमुख नगर बनेपा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १ अर्ब २४ करोड ६५ लाख १३ हजार २८६ रूपैयाँको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाले यो बजेटलाई विभिन्न योजनाहरूमा विनियोजन गर्दै आर्थिक, सामाजिक र पूर्वाधार विकासका कार्यक्रम अघि बढाउने जनाएको छ।
नगरपालिकाले बजेटमा मुख्य प्राथमिकता सडक, शिक्षा, स्वास्थ्य, कृषि, र खानेपानीको क्षेत्रमा खर्च गरिने जनाएको छ। साथै, भूकम्प प्रतिरोधी संरचना निर्माण, सौर्य ऊर्जा प्रवर्द्धन र स्थानीय पर्यटन विकासका लागि छुट्टै योजना समावेश गरी प्राथमिकता समेत राखेको छ।
नगर प्रमुखको भनाइअनुसार, बजेटले स्थानीय आवश्यकता र दीर्घकालीन विकासलाई ध्यानमा राखेर प्राथमिकता निर्धारण गरेको छ। बनेपा नगरपालिकाले आगामी आर्थिक वर्षलाई विकासको महत्वपूर्ण आधारस्तम्भ बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी आब २०८२/८३ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शान्ती रत्न शाक्यले सभामा जानकारी दिनु भयो ।
नगर प्रमुखले प्रस्ताव गरेको नीति कार्यक्रम भने सभाले ध्वनीमतका आधारले पारित गर्दै आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्न समय शाक्यले दिनु भयो ।
पालिकाले २०८२/०८३ का लागि प्रस्ताब गरिएको आर्थिक ऐन उप प्रमुख विमला सापकोटा दाहालले प्रस्तुत गर्दै विनियोजन विधेयक समेत सभामा पेस गर्नु भयो ।
यस्तै पालिकाको आगामी बैठक असार २५ गते आह्वान गरिएको छ । सोही बैठकबाट मात्र प्रस्तावित बजेट सभाबाट पारित गर्ने कार्यसुची निर्धारण पालिकाले गरेको छ ।