काठमाडौं । सेयरबजार परिसूचक नेप्से न्युन अंकमा बढेपनि कारोबार भने उच्च भएको छ । २ दशलमव आठ शून्य अंकले बढेको सेयरबजारमा १३ अर्ब १८ करोड रुपैयााको किनबेच भएको छ । सोमबार भएको कारोबार तीन महिनायताकै उच्च हो ।
सोमबार नेप्से परिसूचक २६ सय ५८ दशमलव छ-छ अंकमा पुगेको छ । बजारमा ३ करोड ३६ लाख कित्ता सेयर १ लाख ५ हजार पटक किनबेच भएको छ । बजारमा प्योर इनर्जी, पिपुल्स पावर र कर्पाेरेट डेभलपमेट बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने अप्पर हेवाखोला, श्री इन्भेष्टमेन्ट र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।