दुम्कीबासमा बिनयी खोलाको डाइभर्सन बगायो

बैकल्पिक बाटाेबाट गाडी सञ्चालन
जेष्ठ २९, २०८२ |नवीन पौडेल
दुम्कीबासमा बिनयी खोलाको डाइभर्सन बगायो

नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वी नवलपरासीको दुम्कीबासमा डाइभर्सन बगाएको छ । बिनयी खोलामा निर्माण गरिएको डाइभर्सन गएरातिआएको पानीले बगाएको हो । 

डाईभर्सन माथिबाट पानि बगेको कारण बाटो बन्द भएपछि यात्रुबाहक सवारी साधन र साना सवारी साधनहरु होङ्सीगेटबाट सर्दी हुँदै बैकल्पिक सडकबाट संचालन गरिएको छ । मालबाहक ठुला सवारी साधनहरु भने रोकीएका छन् ।

पुस २६ गते ओभरलोडको भारतिय लहरीको ठक्कर बाट पुल भासिएपछि डाइभर्सनमार्फत यातायत संचालन हुँदै आएको छ ।

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारी साधन र साना सवारी साधनलाई होङ्सी गेटबाट उत्तर सर्दी हुँदै करिब २५ किलोमिटर घुमाउरो बैकल्पिक मार्ग बाट संचालन गरिएको छ जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालले बताए । खोलामा पानीको सतह घटेपछि डाइभर्सन मर्मतको काम गर्ने तयारी छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।