मधेश सरकारसँग छैन विपद् प्रतिकार्यका लागि पर्याप्त बजेट, स्रोतसाधन अभावमा उद्धारमा समेत कठिनाइ

जेष्ठ २८, २०८२ |आरएन विश्वास
मधेश सरकारसँग छैन विपद् प्रतिकार्यका लागि पर्याप्त बजेट, स्रोतसाधन अभावमा उद्धारमा समेत कठिनाइ

सप्तरी । मधेश प्रदेश सरकार मातहत सुरक्षाकर्मी नआउनु र प्रदेशका गृह मन्त्रालयसँग आवश्यक बजेट नहुनुको असर विपद् व्यवस्थापनमा देखिँदैछ छ।

आवश्यक बजेट र जनशक्ति अभावले विपद् व्यवस्थापनको भरपर्दो तयारी गर्न नसकेको मधेश सरकारले गृह मन्त्रालयले जनाएको छ । यद्यपि भएको स्रोतसाधनले विपद् व्यवस्थापनमा जुट्ने दाबी गरेको छ ।

कोसी र मधेश प्रदेशको सिमानामा रहेको कोसी ब्यारेजमा विपद् प्रतिकार्य कार्यक्रम तहत अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई जना विशेष तालिमप्राप्त गोताखोर गत जेठ २२ गते वेपता भए । 

वेपता भएको गोताखोर हरदेव राजवंशी र सुरज साउदपछि मृत भेटिएपनि अक्सिजनसहित पानीभित्र उद्धार गर्ने गोताखोरको कोसी नदीमा कसरी मृत्यु भयो भने अझ अनुसन्धानकै क्रममा रहेको सशस्त्र प्रहरीको केन्द्रीय मुख्यालयले जनाएको छ । तर, नेपाली सेना र सशस्त्र प्रहरीले विपद्को बेला आईपर्ने यस्ता चुनौती कसरी सामना गर्ने भनि मधेश प्रदेशका विभिन्न नदीहरूमा अभ्यास भने जारी राखेका छन्।

मधेश प्रदेश सरकारका गृहमन्त्रालय र नेपाली सेनाले इच्छाशक्ति हुँदा पनि आवश्यक बजेट र श्रोत साधन अभावमा समुचितढंगले उद्धार कार्यमा कठिनाई हुने गरेको विगतका अनुभव सुनाएका छन् ।

यता सम्पूर्ण संरचना प्रदेश सरकारको जिम्मामा नआएर समस्या भएपनि भएकै श्रोत साधनले विपद्मा फसेकाहरूको उद्धार र बचाउ कार्यको पूर्वतयारी गर्दै पुन: स्थापनाकालागि आवश्यक तयारी भइरहेको मुख्यमन्त्रीको भनाई छ ।

सात वर्षअघि सप्तरीकै खाँडो खोलाले भरूवामा तटबन्ध भत्काउँदा स्थानीय बासिन्दासँगै नेपाली सेना र सशस्त्र प्रहरीले संयुक्तरूपमा तटबन्ध मर्मत गरिरहेका क्रममा बाढीमा बगेका डोमी यादवको शव अहिलेसम्म फेला परेको छैन ।  


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।